
Flash News
भर्खरै खुल्ला राजनीतिममा ओर्लेका मदनलाई पाचौं महाधिवेशनताका सैद्धान्तिक छलाङ मार्न घनघस्याको उकालो चढ्नुसरह थियो । एकातिर झापा क्रान्तिको आलोकमा उभिएका उतिबेलाका झर्झराउँदा क्रान्तिकारी सीपी मैनालीको परिमार्जित नौलो जनवाद र अर्कोतिर नेपाली नेल्शन मण्डेलाको उपाधि पाएका नेता मोहनचन्द्र अधिकारीको नौलो जनवादका वीच जनताको बहुदलीय जनवादको कार्यनीतिलाई महाधिवशेनबाट पारित गराउन सैद्धान्तिक व्याख्याका क्रममा मदनले भन्ने गरेको यो सवाल करीब २३ बर्षपछिको एमालेको जीवनमा ठयाक्कै मेल खान्छ ।