
Flash News
कृष्णि कँडेल
बागलुङ, ८ मङसिर । गाविस भित्रका किसानलाई व्यवासायिक बनाउनका लागि कृषि विकास समिति बुर्तिबाङले एक दिने कृषि तथा पशुपालन सम्वन्धि सहजिकरण तालिम गरेको छ ।
नेपाल सरकारबाट कृषि पेशलाई प्रबद्र्धनका लागि कृषि र पशुपालनको क्षेत्रमा छुट्टिने बजेट र कार्यक्रमको बारेमा किसानहरुलाई सहजिकारण गरिएको समितिका सचिव दिलबहादुर कुमालले जानकारी दिए । कार्यक्रममा बोल्ने बक्ताहरुले कुन ठाउँको माटोमा कस्तो उत्पादन राम्रो हुन्छ ? भन्ने पहिचान गरि खेती गर्न सके उत्पादन बढाएर आम्दानी समेत वृद्धि गर्न सकिने बताएका थिए । उनिहरुले कृषि प्रधान मुलुकमा अधिकांशि कृषि उत्पादन बाहिरबाट आउनु दुखत भएको बताए ।
बुर्तिबाङ गाविस कार्यालयका सहायक चुडामणी भुषालले बुर्तिबाङमा मात्रै एक बर्षमा झण्डै १ करोडको तरकारी बुटवल बाटा आउने गरेको बताए । बक्ताहरुले निर्वाहमुखि कृषि पेशालाई व्यवसायिक बनाउन आधुनिक प्रविधि, कृषि उपकारण र गुणस्तरिय विउविजनको प्रयोगमा जोड दिएका थिए । उनिहरुले कृषि प्रबद्र्धनका लागि राज्यले नै योजना बनाएर कायान्वयन गर्नुपर्ने बताएका थिए ।