नेपालले विश्वकप छनौट खेल्ने सम्भावना कति ? यस्तो छ अंकगणित

This News was posted on November 23, 16 8:36 am

nepali-cricket-1६ मंसिर, काठमाडौं । हङकङले केन्यालाई ३९ रनले हराएसँगै आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको चौथो चरणका खेलहरु सकिएका छन् । र, शीर्ष चारमा परेर बंगलादेशमा २०१८ मा हुने विश्वकप छनौट खेल्न नेपालले बाँकी सबै खेल जित्नु पर्ने दबाव बढेको छ ।

अंक तालिका विश्लेषण गर्दा चौथो स्थानका लागि नेपालसँगै हङकङ र केन्याबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतियोगिताको शीर्ष स्थानमा रहेको पपुवा न्युगिनीको १२ अंक छ । आठमध्ये उसले स्कटल्याण्डबिरुद्धको दुई खेलमात्र हारेको छ । समान अंकसहित दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले पाँच जित र दुई खेलमा अंक बाडेको थियो । नेदरल्याण्ड्स नेपालसँग मात्रै हारेको छ ।

तेस्रो स्थानमा रहेको हङकङको ११ अंक छ भने समान अंक जोडेको स्कटल्याण्ड रन रेटका आधारमा चौथो स्थानमा छ । केन्या ८ अंकसहित नेपालभन्दा माथि पाचौं स्थानमा छ । नेपालभन्दा पछि समान २/२ अंकसहित नामिविया र युएई क्रमसः सातौं र आठौं स्थानमा छन् ।

downjackets

teleshop

timeless-trend